पहिचान हुन नसकेका शवको देवघाटमा व्यवस्थापन गरिँदै

इ चितवन खबर

August 30, 2026

चितवन । त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।


रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार वैज्ञानिक ढङ्गले जमिनमुनि व्यवस्थापन सुरु गरिएको हो । चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन् । तीमध्ये नौ जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ । 


शनिबार पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डिएनएका लागि नमूना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । डिएनएका लागि नमूना सङ्कलन सम्पन्न भएका तर आफन्तबाट पहिचान हुन नसकेका शवलाई क्रमशः देवघाटमा लगेर जमिनमुनि व्यवस्थापन गर्ने कार्य जारी रहनेछ । प्रत्येक शवलाई १.५ मिटर गहिरो खाडलमा एक–एक गरी राखिनेछ भने एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ । भविष्यमा डिएनए परीक्षणबाट पहिचान पुष्टि भएमा शव सहजै निकाल्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।


प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग बाँधिएको छ । शव जमिनमुनि व्यवस्थापन गरेपछि ठ्याक्कै त्यसको माथि देखिने गरी स्ट्यान्ड राखेर सामान्य कङ्क्रिट ढलान गरिन्छ र सोही कोड नम्बर अङ्कित गरिन्छ ।”


भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फरेन्सिक, डेन्टल र अन्य स्वास्थ्यकर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने, गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डिएनएका लागि आवश्यक जैविक नमूना सङ्कलन गरिएको हो । डेन्टल टोलीले विशेषगरी पछाडिका मोलार दाँतबाट डिएनएका लागि नमूना सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो । डा श्रेष्ठका अनुसार प्रत्येक शवको ट्याग कोडअनुसार डिएनएका लागि नमूना सङ्कलन गरिएको छ । भविष्यमा आफन्तबाट प्राप्त नमूनासँग मिलान गरी शवको पहिचान गर्न सकियोस् भनेर आवश्यक अन्य जैविक नमूनासमेत सुरक्षित रूपमा सङ्कलन गरिएको उहाँले बताउनुभयो ।


भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार शुक्रबारसम्म चारवटा फरेन्सिक विज्ञ टोली परिचालन गरिएकामा शनिबार थप सात जनाको चिकित्सकीय टोली परिचालन गरिएको थियो । फरेन्सिक टोलीमा भरतपुर अस्पतालका दुई, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरका एक–एक, भेरी अस्पतालका एक  तथा नेपाल मेडिकल कलेजका एक जना चिकित्सक रहेको उहाँले बताउनुभयो । त्यसैगरी डिएनएका लागि नमूना सङ्कलन तथा अन्य चिकित्सकीय कामका लागि थप टोलीसमेत परिचालन गरिएको छ ।


डिएनएका लागि नमूना सङ्कलनमा खटिनुभएका पुरानो मेडिकल कलेज भरतपुरका दन्तरोग विशेषज्ञ डा प्रभास रोयले शवको दाँत तथा बङ्गाराबाट डिएनए नमूना सङ्कलन गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “दाँतबाट डिएनए नमूना सङ्कलन गर्न दुईदुई वटा दाँत र दाँत नभएका शवमा हड्डीका टुक्रा निकालेर फरेन्सिक टोलीलाई बुझाएका छौँ ।”


अस्पतालका प्रवक्ता डा सापकोटाले ठूलो सङ्ख्यामा शव एकैपटक ल्याइएकाले व्यवस्थापनमा चुनौती रहे पनि स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य कर्मचारी परिचालन गरी काम भइरहेको बताउनुभयो । शवबाट अन्य रोग फैलिन नदिन अस्पतालले आवश्यक सतर्कता अपनाएको उहाँले जानकारी दिनुभयो । शव व्यवस्थापन तथा पहिचानको काममा जिल्ला सुरक्षा निकाय, स्वयंसेवक तथा विभिन्न सङ्घसंस्थाको समेत सहयोग रहेको उहाँले बताउनुभयो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

November 03, 2026

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

November 03, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन नवलपुरका विभिन्न क्षेत्रमा सामाजिक कार्यक्रम हुँदै

November 02, 2026

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

November 02, 2026

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

November 02, 2026

चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

October 29, 2026

एनपिएल –३ : आज दुई खेल हुँदै

October 29, 2026

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

October 29, 2026

गोल्डेन जब सेन्टर देशभर विस्तार, ३२ जिल्लामा एकैपटक शाखा खोल्ने तयारी

October 28, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .