इ चितवन खबर
September 08, 2026
चितवन । चितवन विद्युतीय प्राविधिक संघको आयोजनामा भरतपुरमा दुई दिने निःशुल्क सिसी टि.भी क्यामेरा मर्मत तथा फिटिङ तालिम सम्पन्न भएको छ। ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ तथा ‘एकता, सीप र सहकार्य प्राविधिकको पहिचान’ भन्ने उद्देश्य सहित आयोजना गरिएको तालिममा ३५ जना सदस्य तथा प्राविधिकहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा चितवन विद्युतीय प्राविधिक संघका अध्यक्ष जयबहादुर पहारीको सभापतित्वमा भएको थियो। कार्यक्रममा तालिम संयोजक तुलसीराम निउरे , प्रशिक्षक दुर्गाप्रसाद भन्तना, सल्लाहकार हरिबाबु तिवारी, उपाध्यक्ष परशुराम पौडेल, सचिव दिनेशप्रसाद उपाध्याय, कोषाध्यक्ष दोष थापा लगायत संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा सहभागीहरूलाई सिसी टि.भी क्यामेराको मर्मत, फिटिङ तथा प्राविधिक ज्ञान सम्बन्धी सैद्धान्तिक सँगै व्यावहारिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो। प्राविधिक सीप अभिवृद्धि गर्दै सहभागीहरूलाई आत्मनिर्भर बनाउन तालिम प्रभावकारी भएको संघले जनाएको छ।
तालिमलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम सञ्चालक राजकुमार न्यौपाने, प्रशिक्षक तथा तालिम संयोजकप्रति संघले विशेष धन्यवाद व्यक्त गरेको छ। सहभागी सदस्यहरूको उत्साहजनक सहभागिता, सिक्ने चाहना र सक्रियताका कारण तालिम सौहार्दपूर्ण तथा सिकाइमुखी वातावरणमा सम्पन्न भएको संघले जनाएको छ।
चितवन विद्युतीय प्राविधिक संघले प्राविधिकहरूको हकहित, सीप विकास र आत्मनिर्भरताका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( १००% )
Angry ( ०% )
October 29, 2026
October 29, 2026
October 29, 2026
October 28, 2026
October 28, 2026
October 28, 2026
October 28, 2026
October 27, 2026
October 27, 2026
October 26, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .