अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह

इ चितवन खबर

September 24, 2026

काठमाडौँ । आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्ले जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेका छन् ।  

    
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्छ भन्नुभयो ।  
     
    
“वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ, तर अत्यधिक डराउनुपर्ने अवस्था देखिएको छैन,” उहाँले भन्नुभयो, “मौसम छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेका छौँ र यसको प्रभावबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जानेछौँ ।”

    
उहाँका  अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको छ । उक्त प्रणालीका कारण जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढेको उहाँले बताउनुभयो ।

    
हाल कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म सामान्यतया बादल लागेको र गण्डकीको पूर्वी भू–भाग, लुम्बिनी, बागमती, कोशी तथा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो ।

    
पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको तथा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको छ । ती क्षेत्रमा अधिकतम करिब १६४ मिलिमिटरसम्म वर्षा भएको उहाँको भनाइ छ ।
 
    
मौसमविद् ढकालका अनुसार आज लुम्बिनी प्रदेशदेखि पूर्वी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम भूभागमा वर्षा हुने देखिएको छ ।
 
    
“आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका तराई भू–भागमा केही स्थानमा सामान्यभन्दा केही बढी हावाहुरी चल्नसक्ने सम्भावना देखिएको छ,” उहाँले भन्नुभयो, “शुक्रबार वर्षाको गतिविधि अझ बढी हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको छ ।”

    
शुक्रबार कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म वर्षा केन्द्रित हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । मौसम पूर्वानुमानमा सुन्तला रङले देखाइएका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

    
मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको  र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भू–भागमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

November 03, 2026

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

November 03, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन नवलपुरका विभिन्न क्षेत्रमा सामाजिक कार्यक्रम हुँदै

November 02, 2026

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

November 02, 2026

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

November 02, 2026

चितवनमा तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

October 29, 2026

एनपिएल –३ : आज दुई खेल हुँदै

October 29, 2026

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

October 29, 2026

गोल्डेन जब सेन्टर देशभर विस्तार, ३२ जिल्लामा एकैपटक शाखा खोल्ने तयारी

October 28, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .