हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ८३ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने र मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो ।
टुक्रे योजनामा बजेट विनियोजन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको जानकारी दिनुभयो ।
उहाँले सङ्घीय तथा प्रदेश सरकारले विनियोजन गरेका योजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै ढिलासुस्ती नगरी समयमै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री थापा मगरले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
उहाँले विकास योजनाको गुणस्तर तथा प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .