नवलपुर। जिल्ला प्रशासन कार्यालय नवलपुरले तिहारमा खेलिने देउसी भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ। चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन अनुरोध गर्दै प्रशासनले पटका तथा आतसबाजीलगायत विस्फोटक पदार्थको प्रयोग नगर्न र जुवातासजन्य गतिविधि नगर्नसमेत जिल्लावासीलाई आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनामा पटका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा प्रयोग नगर्न भनिएको छ।त्यस्तै, प्रचलित कानुनविपरीत लागूऔषधको कारोबार तथा सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।
प्रशासनले चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सबैलाई अनुरोध गरेको छ। सूचना विपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सुचनामा दिइएको छ।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाद्वारा हस्ताक्षरित सूचनामा जिल्लावासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै सुरक्षित र मर्यादित रूपमा तिहार तथा छठ पर्व मनाउन आग्रह गरिएको छ ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .