"दीपावली"

हाम्रो सानो देश नेपालमा चाडपर्वहरू धेरै बिबिधताको साथमा मनाउने गरिन्छ। यहाँ मुख्य गरी हिन्दु, बौद्ध, किराँत, मुस्लिम, इसाई लगायतका विभिन्न धर्म र समुदायका चाडपर्व मनाइन्छन्। सामान्य जानकारी अनुसार हरेक बर्ष हाम्रो देश देश नेपालमा ५० भन्दा बढी प्रमुख चाडपर्व मनाइन्छन्।उदाहरणका लागि :-दशैँ, तिहार, छठ, तीज, होली (फागु–पूर्णिमा), कृष्णाष्टमी, बुद्ध जयन्ती, ल्होसार, माघे सङ्क्रान्ति (माघी), उभौली -उधौली, इन्द्रजात्रा, जितिया पर्व, क्रिसमस र ईद प्रमुख रहेका छन्।

 

नेपालको राष्ट्रिय जनगणना बि.सं.२०७८ (सन् २०२१) अनुसार नेपालमा ८१.१९% जनसङ्ख्या हिन्दु धर्मावलम्बी रहेका छन्। करिब २ साता अगाडि मात्र हिन्दुहरुको महान् चाड विजयादशमी (दशैँ )को उमङ्ग सकिएसँगै अर्को ठुलो चाड तिहार (दीपावली) नजिकिदै आएको छ। हिन्दु धर्मावलम्बीहरूको सांस्कृतिक पर्वहरूको शृङ्खलामा दीपावली अर्थात् तिहारलाई उज्यालो, उत्साह, उमङ्ग र आपसी सद्भावको महान् पर्वको रूपमा मनाउँदै आएको छ। सयपत्री फूलको सुगन्ध, कहिल्यै नओईलाउने मखमलि फूलको माला, झिलिमिली बत्तीको उज्यालो र देउसी भैलोको संगितमय गुन्जनले हरेक हिन्दु परिवारको घरआगनलाई सुसज्जित बनाऊने यो पर्व शरद ऋतुको सबैभन्दा सुन्दर उपहार हो। 


"दीपावली" अर्थात “तिहार” को महत्त्वपूर्ण विशेषता भनेको यो केवलमा निसहरूको मात्र चाड न भएर चराचुरुङ्गी, प्रकृति र जीव जन्तुहरूको पनि चाडको रूपमा मानिन्छ। पाँच दिनसम्म मनाइने "यमपञ्चक" अन्तर्गतको पहिलो दिन काग पूजा, दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गोवर्र्द्वन पुजा र पाँचौँ दिन भाइटीकाको रूपमा मनाइन्छ। यहाँ कागलाई सन्देशवाहक, कुकुरलाई इमान्दारिताको प्रतीक, लक्ष्मीलाई धनलक्ष्मी र जननिको रुप, गोवर्धनलाई प्रकृतिको साथै अन्न र समृद्धिको प्रतीक र भाइटीकाको अर्थ दाजुभाइ दिदीबहिनीको निःस्वार्थ प्रेम, विश्वास, सम्मान र आत्मीयतालाई जीवनभर कायम राख्नु भन्ने बुझिन्छ।

 

लक्ष्मीपूजा अर्थात् यस कार्तिक कृष्ण औँसीको दिन धनकी देवी माता लक्ष्मीको पूजा गर्ने गरिन्छ। घर सफासुग्घर राख्दै झिलिमिली बत्ती बालि धनकी देवी लक्ष्मीको आह्वान गरिने यस दीपावलीको धार्मिक र सामाजिक दुवै अर्थ छ। औशिको रातमा दियोको उज्यालोले हाम्रो मनको अन्धकार, अज्ञानता र निराशालाई सकारात्मक ऊर्जा र ज्ञानको प्रकाश फैलाउने प्रेरणा दिनुको साथै दियोको उज्यालोले वातावरणलाई अत्यन्तै मनमोहक बनाउँदछ। तिहारको अन्तिम दिन मनाइने भाइटीकाको पनि धार्मिक तथा सांस्कृतिक अर्थमा  दिदीबहिनीले आफ्ना दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका लगाउँदै दाजुभाइको जीवन सधैँ रङ्गीन बनोस् भन्ने कामना गर्छन्। सुखस्वास्थ्य र प्रगतिको लागि भरपूर आशीर्वाद दिँदै दाजुभाइ तथा दिदीबहिनीबीचको माया र सम्बन्धलाई एकदमै बलियो बनाउने पर्वको रूपमा मनाइन्छ। यहाँ पौराणिक कथामा सुर्यदेवका सन्तान मृत्युका देवता यमराज र पवित्र नदीको रुपमा पुजिदै आईएकि यमुनाको भावनात्मक सम्बन्धलाई ब्याख्या गरिएको छ। यमुनाले आफ्नो दाजुलाई एकदमै धेरै माया गर्थिन, त्यसैले उनले दाजु यमराजलाई आफ्नो घरमा निमन्त्रणा दिइन्। यमराज बहिनीको निमन्त्रणा स्वीकार गरी उनको घरमा पुग्दा यमुनाले दाजुलाई सप्तरङ्गी टीका, गलामा मखमलि फूलको माला पहिराउँदै मिठामिठा परिकार खुवाएर आफ्नो दाजुको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै आफ्ना दाजुसँग वरदान मागेको भन्ने किम्बदन्ति सुनिन्छ। जहां यमुनाले हरेक वर्ष यसै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाउन पाऊन्, उहाँहरूको सुख, शान्ति र दीर्घायुको कामना गर्न पाऊन् र दाजुभाइले पनि दिदीबहिनीको सम्मान र माया गरून् भनि आफ्नो दाजुसङ्ग बरदान मागेको र दाजु यमराजले बहिनिको ईच्छ्या पुरा हुने आशिर्बाद दिएकोले आज पनि हिन्दु समुदायमा दीपावलीमा खासगरि दाजुभाई दिदिबहिनि बिचको गहिरो सम्बन्धलाई बुझाउदछ।


निश्कर्ष :- 
“दीपावली”अर्थात“तिहार”केवल बत्ती बाल्ने र रमाइलो गर्ने पर्व मात्र होइन, यो प्रेम, सम्मान, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक सम्बन्ध र सामाजिक एकताको पर्व पनि हो। त्यसैले हामी सबैले यसको वास्तविक महत्व बुझेर सभ्य, सुरक्षित र वातावरणमैत्री तरिकाले तिहार मनाउनुपर्छ।

सम्पुर्ण हिन्दु धर्मावलम्विहरुमा आउदै गरेको दिपावलिको हार्दिक मङ्गलमय शुभकामना ! माता लक्ष्मीको कृपा सधैँ रहिरहोस् र जीवन सधैँ सुख, खुसी तथा उज्यालोले भरिपूर्ण बनोस् ।



नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
श्रावणी झुला महोत्सव सम्पन्न
कम्पनी रजिष्ट्रारको कार्यालयले वार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित बनाउने
बोस्टन इन्टरनेशनल कलेजमा नवप्रवर्तनको उत्सव-प्रोजेक्ट र कला प्रदर्शनी हुँदै
सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव
सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी
शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज
गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौ : राष्ट्रपति पौडेल
प्रधानमन्त्रीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा
सामाजिक अभियन्ता मिलन न्यौपाने नेपालको प्रतिनिधित्व गर्दै ‘लेट्स डु इट वर्ल्ड’ एसिया लिडर्स एकेडेमी २०२५ मा सहभागिता
सागर गुरुङद्वारा एनआरएन क्यानडा सदस्य पदमा उम्मेदवारी घोषणा
चिकित्सक सङ्घद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग
दुधकाे शुद्धता पहिचान गर्न यी हुन घरेलु तरिका
मन्त्री परिषदका निर्णय सार्वजनिक
पुर्व राष्ट्रपतिको सदस्यतामा रोक लगाएर पार्टी बिभाजन रोक्यौं : अर्थमन्त्री
यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छ रोगहरू
मन्त्रीपरिषद बैठक जारी
निर्वाचनमा गठबन्धन गर्न हुँदैन : महामन्त्री थापा
नवलपुरमा चैते धानको उत्पादन बढ्यो
उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
जंगल क्षेत्रले ओगटयो नेपालकाे कुल भुमीकाे ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो
नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा
भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए
कारागारबाट छुट्ने भन्दा थपिने बढी
चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .