पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

इ चितवन खबर

November 05, 2026

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन तथा अनुचित काम नभएको स्पष्ट पार्नुभएको छ । 
 
 
सभापति थापाले आज सामाजिक सञ्जालमा श्रव्य सामग्री सम्प्रेषण गर्दै इनम सापकोटासँग जोडिएको भन्दै सार्वजनिक भएको अडियोको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनुभएको हो । पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उहाँले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिनुभयो । सभापति थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको पनि बताउनुभयो ।
 
 
प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको श्रव्य सामग्री  कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई जानकारी नभएको सभापति थापाले बताउनुभयो । उक्त अडियोमा आफ्नो नाम जोडिएको विषयमा आफूले थप स्पष्टीकरण दिइरहन आवश्यक नभए पनि सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेको उहाँको भनाइ छ । 
 
 
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित भएको विद्रोहका रूपमा व्याख्या गर्दै सभापति थापाले गत वर्ष भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरू अघि बढेको बताउनुभयो ।
 
 
पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा आफूहरूले कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्दै सभापति थापाले एकसुका पनि अनुचित आर्थिक कारोबार नभएको स्पष्ट पार्नुभयो ।
 
 
“नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,” उहाँले भन्नुभयो । सभापति थापाले  अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्नुपर्ने निकायसँग प्रश्न गर्न सञ्चारमाध्यम र सरोकारवालालाई आग्रह गर्नुभयो । सापकोटासँग सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गरी त्यसमा संलग्न सबै पक्षको भूमिका खोतल्नुपर्ने उहाँको भनाइ थियो ।
 
 
“अनुसन्धान निष्पक्ष हुनुपर्छ । दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,” सभापति थापाले भन्नुभयो । अडियो सार्वजनिक भएपछि आफू डराएर राजनीतिक भेटघाटमा लागेको भन्ने प्रचारप्रति पनि उहाँले आपत्ति जनाउनुभयो । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको विश्वासको मतसम्बन्धी विषय र अन्य राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेटघाट भएको सभापति थापाले स्पष्ट पार्नुभयो ।
 
 
आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक सन्दर्भमा भेटघाट गरेको सभापति थापाले बताउनुभयो । ती भेटघाटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको उहाँको भनाइ थियो ।
 
 
सभापति थापाले वर्तमान सरकारले पाँच वर्षका लागि पाएको जनादेशलाई सम्मान गर्ने बताउँदै सरकारले विपद्पछिको पुनःस्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
 
 
विपद्का कारण प्रभावित भएका नागरिकको पुनःस्थापना, खुला स्थानमा बस्न बाध्य सुकुमबासीको व्यवस्थापन तथा कमजोर बन्दै गएको अर्थतन्त्रलाई सुधार गर्नु सरकारको प्राथमिकता हुनुपर्ने सभापति थापाले बताउनुभयो । सरकारले सही काम गर्दा नेपाली कांग्रेसले सहयोग गर्ने र गलत काम गर्दा प्रश्न उठाउने उहाँको भनाइ थियो । लोकतान्त्रिक अधिकार खुम्च्याउने तथा राज्यका संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए आफूहरू चुप लागेर नबस्ने उहाँले स्पष्ट पार्नुभयो ।
 
 
“ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन,” सभापति थापाले भन्नुभयो । आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै उहाँले आफ्नो हात सफा रहेको र कुनै अनैतिक काममा संलग्न नभएको बताउनुभयो । विगतमा पनि शक्तिशाली सरकारका गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै सभापति थापाले अहिले पनि आफ्नो भूमिका नबदलिने स्पष्ट पार्नुभयो ।
 
 
सभापति थापाले आफूविरुद्ध पटकपटक प्रायोजित प्रचार तथा चरित्रमाथि प्रश्न उठाउने प्रयास हुने गरेको दाबी गर्दै त्यसबाट विचलित नभई आफ्नो जिम्मेवारी निर्वाह गरिरहने बताउनुभयो । “प्रश्न गर्ने अधिकार मर्नु हुँदैन । प्रश्न मरे लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि रोकिन्छ,” उहाँले भन्नुभयो ।
 
 
सभापति थापाले राजनीतिक विवाद र प्रायोजित हल्लाका कारण सही प्रश्न उठाउने प्रवृत्ति कमजोर हुन नहुनेमा जोड दिनुभयो । प्रश्न गर्ने अधिकार र लोकतान्त्रिक अभ्यास सुरक्षित रहे मात्रै लोकतन्त्र तथा मुलुकको प्रगति सम्भव हुने उहाँको भनाइ थियो ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

November 02, 2026

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

October 26, 2026

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

October 26, 2026

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

October 22, 2026

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

October 17, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .