व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

इ चितवन खबर

November 05, 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताउनुभएको छ ।
 
 
भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत कामहरु भइरहेको बताउनुभयो । “जिम्मेवारी धेरै छ । तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रुपमा म ढिला आए पनि सरकारको रुपमा, पार्टीको रुपमा पार्टीको संरचना, सरकारका नीतिहरु देशभरी पुगिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य पनि त्यही हो । व्यक्ति आउनुभन्दा पनि नीति आउनु प-यो । राज्यको नीति आउने क्रम जारी छ ।”  
 
 
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सभापति लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको हो । रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछाने आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरुसँग सङ्गठनात्मक छलफलमा सहभागी हुनुहुने छ ।  
 
 
सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम छ । 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

November 02, 2026

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

October 26, 2026

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

October 26, 2026

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

October 22, 2026

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

October 17, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छ : राष्ट्रपति

October 08, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .