चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदीको उम्मेदवारी घोषणा

इ चितवन खबर

December 02, 2025

चितवन। उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले आगामी पुस २१ गते हुने संघको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले  सामाजिक सञ्जाल फेसबुक मार्फत एक सार्वजनिक अपिल जारी गर्दै आफ्नो दुई दशक लामो संघीय अनुभव, योगदान र आगामी कार्यदृष्टि प्रस्तुत गर्दै उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

सुवेदीले विसं २०६० देखि संघको विभिन्न तहमा रहेर सेवा गर्दै आएको उल्लेख गर्दै आफूले कार्यसमिति सदस्यदेखि तृतीय, द्वितीय र पहिलो उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको जनाएका छन्। उनका अनुसार संघमा पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत संरचनालाई मजबुत बनाउन आफूले विभिन्न तहमा महत्वपूर्ण पहलहरू गरेका छन्।

 

तृतीय उपाध्यक्षका रूपमा उनले माडी र इच्छाकामनालाई क्षेत्रीय संघका रूपमा स्थापित गरी टाढापर्खालाका व्यवसायीलाई मुख्यधारमा ल्याउन सफल भएको दाबी गरे। प्रथम उपाध्यक्ष हुँदा उनले मासिक आम्दानी–खर्च कार्यसमितिबाट अनिवार्य पारित गर्ने प्रणाली लागू गरी संघको वित्तीय सुशासनमा ‘कोसेढुङ्गा’ खडा गरेको पनि उल्लेख गरे। वरिष्ठ उपाध्यक्षका रूपमा कर तथा राजश्वसम्बन्धी समस्यामा व्यवसायीलाई सहजीकरण, विभिन्न संस्थामा छुट सुविधा उपलब्ध गराउने, सुनचाँदी व्यवसायीको आन्दोलनमा संस्थागत समर्थन जनाउने तथा वस्तुगत संघ गठनमा सक्रिय भूमिका निर्वाह गरेको सुवेदीले बताए।

 

त्यस्तै, चितवन महोत्सवका विभिन्न समितिको संयोजकका रूपमा रहेर आफूले हरेक वर्ष महोत्सवलाई भव्य र सभ्य बनाउन योगदान पुर्याएको उनको भनाइ छ। सामाजिक क्षेत्रमा पनि आफू रेडक्रस, लायन्स क्लब, क्यान्सर सेवा समिति, नेत्रज्योति संघलगायत संस्थामा सक्रिय रहेको उनले स्पष्ट पारे। सुवेदीले अबको नेतृत्व “अनुभवी, ऊर्जाशील र व्यवसायीको भरोसाको केन्द्र” बन्नुपर्ने बताउँदै आफूले संघलाई अझ व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी बनाउने संकल्प रहेको उल्लेख गरे।

 

“चितवनको व्यावसायिक भविष्य सुरक्षित गर्न म आगामी अधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्दैछु। सबै उद्योगी–व्यवसायीको अमूल्य मत, सल्लाह र समर्थनको अपेक्षा गर्दछु,” उनले फेसबुकमा लेखेका छन्।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

धनतेरस पर्व मनाइँदै

November 06, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

सुन र चाँदीको मूल्यमा बृद्धि

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .