‘महिला, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई सहज वातावरण बनाऔँ’

इ चितवन खबर

February 16, 2026

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक र शारीरिक रूपले अशक्त मतदातालाई सहजतापूर्वक मतदान गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताउनुभएको छ । 


सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)ले आज यहाँ आयोजना गरेको ‘समाज रूपान्तरणका लागि नागरिक समाजको सुदृढीकरण’ विषयक छलफलमा उहाँले निर्वाचनलाई महिला तथा अशक्त नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको हो । 


मन्त्री श्रेष्ठले आधा जनसङ्ख्या भएको महिला मतदातालाई सहज रूपमा मत हाल्ने अवस्था सिर्जना गराउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र ज्येष्ठ नागरिकले सहज रूपमा मत हाल्ने वातावरण मिलाउन हामी सबैले प्रयत्न गर्नुपर्छ । साथै निर्वाचनमा बालबालिकालाई प्रयोग गर्नु कानुनविपरीत भएकाले त्यस्ता घटनाको नियमन जरूरी छ ।”


मन्त्री श्रेष्ठले निर्वाचनकै लागि भनेर विभिन्न १० वटा मातृभाषामा सार्वजनिक सूचना तयार गरेर प्रसारण भइरहेको जानकारी दिनुभयो । 


अकोराबका निर्देशक शिरोमणि ढुङ्गानाले आगामी निर्वाचनमा जनस्तरसम्म पुगेर निर्वाचन शिक्षा दिन आवश्यक रहेको बताउँदै अकोराबले मतदाताको पहुँच विकास गर्न आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो  ।


बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का महासचिव राजु घिमिरेले विगतको निर्वाचनमा पनि बालबालिकालाई राजनीतिक पार्टीले चुनाव प्रचारमा प्रयोग गरेर कानुनविपरीत काम गर्दै आएको अनुभव सुनाउदै हालको चुनावमा समेत यस्ता गतिविधि भइरहेको बताउनुभयो । उहाँले अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई चुनावमा प्रयोग गरिएकाले निर्वाचन आयोगमा २१४ उजुरी परेको जानकारी दिँदै यसपटक ‘बालबालिका प्रयोग नगरौँ, बालबालिका शान्ति  क्षेत्र हुन्’ भन्दै सन्देशमूलक अभियान सञ्चालिन गरिएको बताउनुभयो ।


प्रयत्न नेपालका अध्यक्ष सरिता लामिछाने दृष्टिविहीन र शारीरिक रूपमा अशक्त मतदाताले सुरक्षित साथ मतदान गर्ने अवस्था बनाउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचन आयोगलाई मतदानस्थलमा सहज पहुँच बढाउन पहलका लागि उहाँले आग्रह गर्नुभयो  ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

November 02, 2026

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

October 26, 2026

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

October 26, 2026

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

October 22, 2026

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

October 17, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .