कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

इ चितवन खबर

February 27, 2026

बागलुङ । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । 


चैतेदसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । 


धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर स्थापनापछि मेला लाग्दै आएको छ । कालिका मन्दिर स्थापनाको डेढ÷दुईसय वर्षपछि मेला आयोजना गरिँदै आएको छ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैते दसँै मेलालाई परम्पराको निरन्तरता दिन गरिँदै आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । 


चैतेदसैँ मेलामा कालिका मन्दिर परिसरमा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिद बिक्रीका लागि स्टलहरु राखिनेछ भने लोक दोहोरी गीत, भलिबललगायत विभिन्न सांस्कृतिक झाकीसमेत प्रदर्शन गरिने छ । 


 “विसं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइयोे”, अध्यक्ष खड्काले भन्नुभयो, “भोलिपल्टपछि मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो,  चैतेदसैँमा मन्दिरमा आउने भक्तजनहरुले स्थानीय उत्पादनको खरिद बिक्री गर्ने चलन बढ्दै गयो र चैतेदसैँको मेलाका रुपमा अहिलेसम्म निरन्तरता छ ।”


बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ । मेलामा करोडौँ रुपैयाँको कारोबार हुन्छ । पहिला पहिला चैते दसँैलाई वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने प्रचलन रहेको छ । पहिला डाली, नाङ्ला, ठेका ठेकी, आसी र बाउसा खरिद गर्ने काम चैतेदसैँमा हुँदै आएको थियो । 


चैतेदसैँ मेलामा रु तीन लाख पुरस्कार राशिको कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख पुरस्कार राशिको खुला महिला भलिबल प्रतियोगिता, रु दुई लाख पुरस्कार राशिको राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, रथ यात्रा र रमाइलो मेलालगायतका कार्यक्रम गरिने भएका छन् । कालिका भगवती मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगत्मा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

सुन र चाँदीको मूल्यमा बृद्धि

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

November 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .