चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

इ चितवन खबर

March 30, 2026

चितवन।यहाँको कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुईवटा ठूला मेडिकल कलेजमा सहज रूपमा उपचार पाउने भएपछि उपचारका लागि कैदीबन्दीको रोजाइमा यस कारागार पर्ने गरेको हो ।


क्यान्सर रोग लागेका कैदीबन्दीको उपचारका लागि मुख्य रूपमा चितवन रोजाइ हुने गरेको भए पनि अहिले अन्य रोगका बिरामीको समेत रोजाइमा यस कार्यालय पर्ने गरेको हो । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार केही दिनअघिमात्रै केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि यहाँ पठाइएको छ । देशका विभिन्न जिल्लामा रहेका बिरामी कैदीबन्दी उपचारका लागि पहिलो रोजाइ काठमाडौँ र यसपछि चितवन हुने गरेको छ ।


चितवन मध्यभागमा पर्ने भएकाले पनि यातायातको सहज सुविधा हुँदा बिरामीका आफन्तलाई समेत सहज हुने भएकाले यहाँ आउने गरेका हुन् । उहाँका अनुसार हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी छन् । उनीहरूलाई विभिन्न प्रकारका रोग लागेको छ । उच्च रक्तचापका ५४ बिरामी छन् । यस्तै मधुमेहका ३०, मानसिक रोगी १२, हेपाटाइटिस बी भएका पाँच, मुटुरोग, क्षयरोग, क्यान्सर, एचआइभी एड्स, छारेरोग लागेका तीन–तीन र थाइराइडका दुई जना बिरामी रहेका छन् ।


उहाँले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधि खरिद गर्न पनि समस्या हुने गरेको बताउनुभयो । यस आर्थिक वर्षमा यस कार्यालयलाई औषधोपचार खर्चबापत रु १२ लाख विनियोजन भएको थियो ।  सरकारले विनियोजन गरेको औषधिको रकम अपुग भएर जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा, औषधि व्यवसायीसँग सहकार्यमा औषधि व्यवस्थापन गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस कारागारमा ४१ महिलासहित ६७९ जना कैदीबन्दी रहेका छन् । एक जना आश्रित बालक रहेको उहाँले बताउनुभयो । अहिले अस्पतालमा भर्ना भएर दुई जना कैदीबन्दीले उपचार गराइरहेका छन् । यस कारागारको क्षमता ५०५ जनाको हो । यसमा ३० महिला र ४६५ पुरुष रहेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा भागेका ११०  कैदीबन्दी अझै फर्कन बाँकी छ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

सुन र चाँदीको मूल्यमा बृद्धि

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

November 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .