इ चितवन खबर
March 11, 2025
काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरु डराएको दाबी गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरुलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताईन् ।
उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको भूत ? उहासँग प्रश्न गर्न चाहान्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरु जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रायल मात्र हो ।अरु जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरु थपिएभने जुन भिड आउँछ । त्यो देखेर नआँतिनु होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला ।'
सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।'
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 05, 2026
November 05, 2026
November 05, 2026
November 03, 2026
November 02, 2026
October 26, 2026
October 26, 2026
October 22, 2026
October 17, 2026
October 13, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .