‘रेडियो नेपाल देश र जनताको हो’ : सञ्चारमन्त्री गुरुङ

इ चितवन खबर

April 02, 2025

काठमाडौँ। सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा  रेडियो नेपालले काम गर्नुपर्ने बताउनुभएकोछ ।


काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा  देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।   


रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता तथा पार्टीको गुणगान गाउन आवश्यक नभएको उल्लेख गर्दै उहाँले सत्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन दिनुभयो । 


सञ्चारमन्त्री गुरुङले मुलुकभित्रको विविधतामा एकता खोजी समावेशी चरित्रको भूमिका निर्वाह गर्दै देशका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने सञ्चार गृहका रुपमा रेडियो नेपाल स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।  

सार्वजनिक सेवा प्रसारण नेपाल ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तीव्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समयको माग र सूचनाप्रविधिको विकाससँगै रेडियो नेपालको कार्यशैलीमा  परिवर्तन गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष डा विष्टले सङ्घीय समावेशी अवधारणालाई आत्मसाथ गरी मुलुकका सबै पक्षको अपनत्व हुनेगरी सेवा प्रवाह गरिरहेको स्पष्ट गर्नुभयो । 

सो अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारी, उत्कृष्ट कर्मचारी  र गीतसङ्गीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

सुन र चाँदीको मूल्यमा बृद्धि

November 05, 2026

छ मिटर भन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

November 03, 2026

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

November 03, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .