इ चितवन खबर
May 05, 2025
काठमाडौं। काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन्।
प्रहरीका अनुसार उक्त रकमको स्रोत खुलेको छैन र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। एसपी बोहरा भन्छन्, उनीहरू शंकास्पद अवस्थामा रहेका कारण चेकजाँच गर्दा झोलामा लुकाइएको नगद फेला परेको हो। प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 03, 2026
November 03, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .