इ चितवन खबर
May 16, 2025
चितवन। जिल्लाको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो ।
जिल्लाको समग्र विकासका लागि रु आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ विनियोजन गरिएको थियो । जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिनुभयो ।
यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि रु १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० विनियोजन गरिएकोमा रु १० अर्ब ५१ करोड ९५ लाख २० हजार ८१० खर्च भएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( १००% )
Angry ( ०% )
November 05, 2026
November 05, 2026
November 03, 2026
November 02, 2026
October 29, 2026
October 29, 2026
October 28, 2026
October 28, 2026
October 27, 2026
October 27, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
November 05, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .