'लक्की सांस्कृतिक साँझ २०८२' मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

इ चितवन खबर

August 02, 2025

चितवन। ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न गरेको हो ।
 

लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की 'लक्की’ ले 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' मा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान गरिएको बताउनु भयो । नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित लोकदोहोरी गायिका श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपाली लोकदोहोरी क्षेत्रमा बिगत लामो समयदेखि लागेकी गायिका श्रेष्ठको दर्जनौं लोकगीतमा आवाज दिएर कुशल गायिकाको रूपमा चिनिएकी छिन् । गायिका श्रेष्ठले यो भन्दा अगाडि पनि धेरै नै तीजका गीतमा मिठा आवाज दिएर आफ्ना कोसेलीहरू दर्शक, श्रोता माझ पस्कीसकेकी छन् । गायिका श्रेष्ठ खासगरी मेला महोत्सवबाट दोहोरी गायिकाको रूपमा स्थापित बनेकी हुन् ।
 

नेपाली लोक दोहोरी क्षेत्रकी वरिष्ठ लोकदोहोरी गायिका सुमन थापा मगर, गायिका सरिता गुरुङ श्रेष्ठ, गायिका सम्झना श्रेष्ठ, राधिका रिमाल ढकाल, आकृति घिमिरे पौडेल लगायतले गीत गाएका थिए । 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रममा भरतपुर वडा नम्बर ७ का वाद्यवादन समुह र संगीतको पुरानो बाजा मुरलीको धुन बजाएर कृष्ण प्रसाद पंगेनीले 'लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रममा आउनु भएका अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।
 

लक्की मिडिया हाउस चितवनका निर्देशक इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा बिकासप्रेमी युवा नेता राजेन्द्रमणी काफ्ले, विशिष्ट अतिथिमा रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजक रेडक्रस अभियन्ता कृष्णप्रसाद ढकाल, पिस जोन ईंग्लिश स्कुलका प्राचार्य मुक्तिनाथ अधिकारी, साप्ताहिक सञ्जाल नेपाल चितवनका अध्यक्ष सुर्य बराल र लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक हरि कार्की ’लक्की’ रहेका थिए ।
 

लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक कार्कीले,  'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' सफल पार्न साथ सहयोग गर्नु हुने चर्चित गायिकाहरु, दर्शक, बिज्ञापनदाता, पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो। सांस्कृतिक साँझ कार्यक्रममा लोकदोहोरी तथा तीजका गीतहरु गाएर गायिकाहरुले प्रस्तुति दिएका थिए ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चितवनमा लालपुर्जा वितरण

November 06, 2026

"दीपावली"

November 06, 2026

धनतेरस पर्व मनाइँदै

November 06, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .