समाज सुरक्षामा उदाहरणीय बनेका नागरिकलाई चितवन प्रहरीद्वारा सम्मान

इ चितवन खबर

August 13, 2025

चितवन। भरतपुर महानगरपालिका वडा नं. १३, ब्रह्मपुरीमा भएको चोरी घटनामा संलग्न व्यक्तिहरूलाई समाउन सहयोग गर्ने छ जना स्थानीयलाई चितवन प्रहरीले सम्मान गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र वडा नं. १३ को समन्वयमा, इलाका प्रहरी कार्यालय गीतानगरको आयोजनामा भएको कार्यक्रममा उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो।

 

सोही दिन बिहान ११ बजे, ६० वर्षीय विष्णु बहादुर गुरुङको घरबाट सुनका गहना र नगद रु. १,००,१५० चोरी भएको थियो। मकवानपुर बागमती गाउँपालिका-८, साततलेका ४२ वर्षीय दिल बहादुर सिन्तान र काभ्रेपलान्चोक तेमाल गाउँपालिका–५, पोखरी नारायणथानका ३५ वर्षीय मनराज तामाङ यस घटनामा संलग्न थिए। दुर्गा गुरुङ, रामकृष्ण कोईराला, प्रकाश आचार्य, अभय अधिकारी, सुमन सापकोटा, र मनोज गुरुङले चोरी गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन महत्वपूर्ण सहयोग गरेका थिए। 

 

कार्यक्रममा  चितवनका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक गोबिन्द पुरी), भरतपुर महानगरपालिका–१३ का वडा अध्यक्ष प्रकाश दवाडी, वडा  सदस्यहरु, इलाका प्रहरी कार्यालय गीतानगरकी प्रमुख (प्रहरी निरीक्षक) मिना देवी राई, वडा सचिव तथा कर्मचारी, र विभिन्न टोल सुधार संस्थाका प्रतिनिधिहरूको उपस्थिति  रहेको थियो।

प्रहरी उपरीक्षक गोबिन्द पुरीले समुदाय र प्रहरीको सहकार्यले मात्र सुरक्षित समाज सम्भव हुने बताउँदै सबैलाई धन्यवाद  ब्यक्त गर्नुभयो । यो सम्मान कार्यक्रमले स्थानीयस्तरमा अपराधविरुद्धको सचेतना, सहकार्य र आपसी विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चितवनमा लालपुर्जा वितरण

November 06, 2026

"दीपावली"

November 06, 2026

धनतेरस पर्व मनाइँदै

November 06, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .