जिएसटि कलेजको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयक प्यानल डिस्कसन : पुर्वी चितवनका कक्षा-१२ उतिर्ण विद्यार्थीको उल्लेख्य सहभागीता

इ चितवन खबर

August 15, 2025

चितवन। पूर्वी चितवनको रत्ननगर-१ मा रहेको जीएसटी कलेजको आयोजनामा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ विषयक प्यानल डिस्कसन कार्यक्रम भव्यतापुर्वक सम्पन्न भएको छ।

 

स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रूपान्तरण गर्ने उद्देश्यसहित सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले रत्ननगर-०१,निपनीस्थित होटल स्टार निपनीमा प्यानल छलफल कार्यक्रम गरेको हो। कार्यक्रममा पूर्वी चितवनबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।कलेजले सहभागी विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गरेको थियो।


कार्यक्रमको उद्घाटन सत्रमा कलेजका प्राचार्य राजकुमार दाहालले विद्यार्थीहरूमाझ प्रेरणादायी भनाई राख्दै स्थानीय अवसरहरूको उपयोग गरी विश्वस्तरमा प्रतिस्पर्धी बन्न प्रोत्साहन गरे। कार्यक्रमको प्रमुख आतिथ्यता फोब्स कलेजका प्राचार्य तथा जीएसटी कलेजका अध्यक्ष हरिशरण पाठकले गरेका थिए।


प्यानल छलफलमा न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धिताल, नेपाल आदर्श कलेजका अध्यक्ष आइपी लामिछाने र प्याब्सन चितवनका अध्यक्ष मदन पुरी प्रमुख प्यानलिस्टका रूपमा सहभागी थिए। इन्जिनियर सागर कार्कीले सहजीकरण गरेको छलफलमा शैक्षिक क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू र भविष्यका सम्भावनाहरूबारे गहन चर्चा भयो।

 

प्यानलिस्टहरूले गुणस्तरीय शिक्षा, नवप्रवर्तन र सहकार्यमार्फत ‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्न स्थानीय स्तरमा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।


कार्यक्रममा विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्न सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले यो कार्यक्रमले विद्यार्थीहरूमा नयाँ जोश र प्रेरणा प्रदान गरेको बताए।


जीएसटी कलेज पूर्वी चितवनमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था हो। बीबीए कार्यक्रम विभागका प्रमुख सौगात गुरूङका अनुसार, कलेजले दुई सेक्सनमा ६६ सिट कोटाको बीबीए कार्यक्रम सञ्चालनमा ल्याएको छ, जसले व्यवस्थापन क्षेत्रमा क्यारियर बनाउन चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

चितवनमा लालपुर्जा वितरण

November 06, 2026

"दीपावली"

November 06, 2026

धनतेरस पर्व मनाइँदै

November 06, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .