इम्बोस्ड नम्बर प्लेट विरुद्ध नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देही

इ चितवन खबर

September 03, 2025

भैरहवा। यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ । 

 

सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ । 

 

‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् राष्ट्रलिपीमा हुनु पर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अङ्ग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपि मास्ने, आम जनतालाई आर्थिक भार थोपर्ने, रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात पुग्ने गरि निर्णय भएको भन्दै कलाकारको पेशामाथि नै संकट उत्पन्न भएको अध्यक्ष दिनेशमणि कोहारले बताए ।  

 

करिब ६० लाख सवारी साधनमा प्रयोग हुँदै आएको देवनागरी लिपि हटाउने निर्णयलाई संघले प्रत्यक्ष राष्ट्रघाती षड्यन्त्रको संज्ञा दिएको छ । करिब १ लाखभन्दा बढी श्रमिक र कलाकारहरू वैकल्पिक रोजगारीको व्यवस्था नगरी प्रविधिको नाममा ल्याइएका यस्ता निर्णयका कारण बेरोजगार हुने खतरा रहेको ज्ञापन पत्रमा उल्लेख छ । 

 

कलाकारहरुले बिचौलिया र दलालको प्रभावमा परी आम नागरिकलाई महँगो र झन्झटिलो प्रक्रियामार्फत आर्थिक भार थोपर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने चेतावनी समेत दिइएका छन । जिल्ला कार्य समिति रुपन्देहीले विरोधमा जिल्लाका सार्वजनिक ठाउमा कालो व्यानर प्रदर्शन गर्दै राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गरियोस्, मौलिक देवनागरी लिपि मेट्न पाइँदैन ।, प्रविधिको नाममा आम जनतालाई ठग्ने कुनै पनि कदम सह्य हुँदैन लगायतका नारा उल्लेख गरेका छन । 

 

जिल्ला समितिले हाम्रो पहिलो प्राथमिकता नेपाली पहिचान र स्वदेशी श्रमिकको रोजगारीको रक्षा गर्नु हो । यदि सरकारले निर्णय फिर्ता नगरे हामी सडकमा उत्रेर कडा आन्दोलन गर्ने समेत चेतावनि दिएको छ । ध्यानाकर्षण पत्र बुझदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आर्टिष्ट संघको मागलाई जायज ठहर गर्दै सम्बन्धित निकायमा पठाइने र निर्णय खारेज गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहार, केन्द्रीय सदस्य रबि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वलकुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे, सल्लाहकारहरू दिपेन्द्र प्रधान र रामदास हरिजनको उपस्थिति रहेको थियो । कार्यक्रममा रूपन्देही जिल्लाका आर्टिष्ट तथा कलाकारहरूको सहभागि थिए ।
 


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

"दीपावली"

November 06, 2026

धनतेरस पर्व मनाइँदै

November 06, 2026

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सवमा बालगृहका बालबालिका सँग खुसी साटासाट

November 05, 2026

एनपिएल : विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

November 05, 2026

व्यक्ति भन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

November 05, 2026

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन भएको छैन : सभापति थापा

November 05, 2026

तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न नवलपुर प्रशासनको आग्रह

November 05, 2026

न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्तावमा विकल्प खुला छ : मन्त्री गौतम

November 05, 2026

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

November 05, 2026

सुन र चाँदीको मूल्यमा बृद्धि

November 05, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .